मेचीमाहाकाली बुहारी संयुक्त आवाजले क्यान्सर पीडितलाई गर्यो आर्थिक सहयोग
- मेचीमाहाकाली बुहारी संयुक्त आवाज

- May 18, 2024
- 2 min read
मिति: २०८१ जेष्ठ ५ गते सनिबार,
मेची-माहाकाली बुहारी संयुक्त आवाजले मासिक रु. १०० बचत अभियान अन्तर्गत वैशाख महिनाको बचतबाट संकलित रु. १७,५००/- लामो समयदेखि आन्द्राको क्यान्सरबाट पीडित कनकाई नगरपालिका वडा नं. ४ की ६१ वर्षीया कौशिला विश्वकर्माको उपचारका लागि प्रदान गरेको छ। उहाँको परिवारमा तीन जना सदस्य मात्र रहेका छन् र आर्थिक अवस्था अत्यन्तै दयनीय भयकोले कौशिला विश्वकर्मालाई आर्थिक सहयोग गरियको झापा जिल्ला संयोजक गङ्गा देवी भट्टराई बताउनु भयो !
रकमले उहाँको उपचारमा केही राहत मिल्नेछ र उहाँको जीवनमा थोरै भए पनि उज्यालो ल्याउन सघाउनेछ भन्ने हामीले आशा गरेका छौं भन्दै संस्था कि केन्द्रिय अध्यक्ष चन्द्र कला काफ्लेले हामी लाई बताउनु भयो !
उक्त रकम कनकाई नगरपालिका वडा नं ४ वडा अध्यक्ष रोशन सुवेदी , केंद्रीय अधक्ष्य चन्द्रकला काफ्ले, झापा जिल्ला संयोजाक गंगा भट्टराई, सह संयोजक रोशनी खनाल अधिकारी, सदस्य निर्मला नेपाल, झापा जिल्ला आजीवन सदस्य अस्मिता न्यौपाने, कल्पना भट्टराई को उपस्थितिमा हस्तान्तण गरेको थियो !
क्यान्सर पिडित कौशिला विश्वकर्मा को स्वास्थ्य बिमा नभयको हुदा वार्ड को तर्फबाट नि:शुल्क स्वास्थ्य बिमा गराइदिने कनकाई नगरपालिका वडा नं ४ वडा अध्यक्ष रोशन सुवेदी ले प्रतिबद्दता गर्नुभयको छ ! उहाँको उपचारमा हाम्रो यो सानो सहयोगले उहाँको जीवनमा आशा र साहसको नयाँ किरण ल्याउन सघाओस् भन्ने हाम्रो कामना गर्दै उक्त सहयोग रकम हस्तान्तरण गरेको संस्था कि आजीवन सदस्य कल्पना भट्टराई ले बताउनु भयो !
ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ।









Comments