top of page

मेम्ब्सा द्वारा राम भुजेललाई खाद्यान्न तथा लत्ताकपडा सहयोग

मिति: २०८२ भदौ १७,गते मंगलबार


मेचीमाहाकाली बुहारी संयुक्त आवाजको छैठौँ वार्षिकोत्सवको अवसरमा, कोशी प्रदेश समितिको तर्फबाट इटहरी–५, रामजानकी टोल निवासी ५४ वर्षीय श्री रामकुमार भुजेललाई खाद्यान्न तथा लत्ताकपडा सहयोग प्रदान गरिएको छ। श्री भुजेल विगत केही वर्षदेखि पक्षघात (प्यारालाइसिस) रोगबाट पीडित रहँदै आउनु भएको छ।


यस सहयोग कार्यक्रम संस्थाको “सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता” को जीवन्त उदाहरणका रूपमा रहेको छ। कठिन परिस्थितिमा रहेका व्यक्तिहरूलाई सहयोगका हातहरू अघि बढाउँदा समाज अझ करुणामय, मानवीय र आशाभरि बन्छ भन्ने सन्देश यस कार्यले प्रष्ट पारेको छ।


कार्यक्रमलाई सफल बनाउन सक्रिय सहभागिता जनाउनु हुने सम्पूर्ण सुनसरी जिल्ला कार्यसमिति परिवारप्रति कोशी प्रदेश संयोजक पिंकी थापा ज्यूले हार्दिक धन्यवाद व्यक्त गर्नुभएको थियो।


संस्थाले विश्वास गर्दछ कि सानो सहयोग र सद्भावले पनि जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ। यस्ता सकारात्मक गतिविधिहरूले हाम्रो समाजलाई अझ उज्यालो, आत्मीय र समावेशी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउनेछन्।


ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ ।



 
 
 

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page