मेम्ब्सा नेपाल झापा को नेतृत्व मा गंगा भट्टराई !
- मेचीमाहाकाली बुहारी संयुक्त आवाज

- Apr 15, 2024
- 1 min read
मेची माहाकाली बुहारी संयुक्त आवाज झापा शाखा को नेतृत्त्व अब गंगा भट्टराई ले सम्हालनी भयकी छिन्। आज केन्द्रिय कार्यलय मा भयको बिशेष समारोह बिच यस संस्था कि केन्द्रिय अद्यक्ष चन्द्र कला काफ्ले ले भट्टराई लाई पद तथा जिम्मेबारी प्रदान गरियको घोषणा गरेर सफल कार्यकाल को शुभकामना व्यक्त गर्नु भयको थियो । सोहि समरोह मा झापा जिल्ला सह संयोजक को जिम्मेबारी रोशनी कार्की लाई सुम्पियको थियो। ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ।
सडक मा आवाज बिहिन हरुको आवाज बनिरहदा सदनमा कानुन निर्माणको तह सम्म पुग्न सफल भयका महिला हरुको अवाद्द्ता रहेको यो संस्था को पहिचान मा झापा जिल्लाको उल्लेखेनिय भूमिका रहेको र यस परिस्थितिमा यस जिल्ला को नेतृत्व सम्हाल्ने अबसर ले आफु लाई थप जिम्मेबार भयको महसुस गरेको बताउछिन् नवनियुक्त संयोजक गंगा भट्टराई। स्थापनाकाल देखि बिभिन्न पदिय भूमिकामा रहेर काम गरेको अनुभवले यो नया जिम्मेबारी सहितको चुनौतीलाई सहजताका साथ अघि बढाउदै संस्था को गरिमा लाई थप उचाई मा पुर्याउन प्रतिबद्द रहेको बताउछिन संयोजक भट्टराई। नव नियुक्त सह संयोजक रोशनी कार्की अत्यन्त मेहनती र संस्थाको अभियान प्रति कटीबद्द रहनु भयकोले उंहा संगको सहकार्य सफल रहने बिस्वाश व्यक्त गर्छिन संयोजक भट्टराई ।









Comments