top of page

मेम्ब्सा नेपाल मधेस प्रदेसको को नेतृत्व मा रम्भा काफ्ले !

मेची माहाकाली बुहारी संयुक्त आवाज मधेस प्रदेस को नेतृत्त्व अब रम्भा कुमारी काफ्ले ले सम्हालनी भयकी छिन् । आज भयको केन्द्रिय कार्यसमिति को निर्णय अनुसार यस संस्था कि केन्द्रिय अध्यक्ष चन्द्र कला काफ्ले ले रम्भा कुमारी काफ्ले लाई जिम्मेबारी प्रदान गरियको जानकारी गराउनु भयको थियो । ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ। अबसर बाट टाढा रहेका परम्परागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ।

सडक मा आवाज बिहिन हरुको आवाज बनिरहदा सदनमा कानुन निर्माणको तह सम्म पुग्न सफल भयका महिला हरुको अवाद्द्ता रहेको यस संस्थाको प्रदेस संयोजक को जिम्मेबारी बहन गर्दा थप चुनौती महसुस गरेको बताउछिन् नव नियुक्त प्रदेस संयोजक। दाइजो तथा बिभिन्न कुरुती र कुसंस्कार ले महिला हरु जिउदै जल्नु पर्ने अवस्था अझै पनि मधेस मा रहेको र यस परिस्थितिमा यस प्रदेस को नेतृत्व सम्हाल्ने अबसर ले आफु लाई थप जिम्मेबार भयको महसुस गरेको बताउछिन् नवनियुक्त संयोजक रम्भा काफ्ले । स्थापना काल देखि बिभिन्न पदिय भूमिकामा रहेर काम गरेको अनुभवले यो नया जिम्मेबारी सहितको चुनौतीलाई सहजताका साथ अघि बढाउदै संस्था को गरिमा लाई थप उचाई मा पुर्याउन प्रतिबद्द रहेको बताउछिन संयोजक काफ्ले ।



 
 
 

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page