top of page

मेम्ब्सा नेपालकाे अर्को प्रशंसनीय काम !

ले आफ्नो आधिकारिक पेजबाट हरी कटुवाल नाम गरेको ५७ वर्षका बुबा २८ वर्ष देखि हराउनु भएको सूचना प्रकाशन गरेको थियो । उहाँ बिर्तामोड ८ स्थित गरामनी बजारमा बैशाक १७ गते करिब ११ बजे बिरामी अवस्थामा भेटिनु भएको थियो ।


बिर्तामोडमा रहनु भएको प्रकाशचन्द दाहालको सहकार्यमा उहाँको आफन्तहरुको खोजी गरिएको थियो । त्यसपछी उहाँको आफन्त सिकिमबाट सम्पर्कमा आउनु भएको थियो । सिक्किमबाट सम्पर्कमा डोर एक्सप्रेस मेलका डिइ राजु र उहाँको टिम सहकार्यका लागी बिर्तामोड आउनु भएको थियो!

बुबालाई गरामनी प्रहरी चौकीको रोहोबरमा कागज गरी उहाँको परिवार बहिनी ,बुहारी ,नातिनी लाई मेची महाकाली बुहारी संयुक्त आवाजले जिम्मा लगाइदिएको थियो । मेम्ब्सा नेपालकी केन्द्रिय अध्यक्ष चन्द्रा कला काफ्ले ,झापा जिल्ला संयोजक गंगा भट्टराई तथा झापा जिल्ला सदस्य प्रमिला उप्रेतीको उपस्थितीमा उहाँलाइ जिम्मा लगाइएको हो ।


२८ वर्षबाट हराएका बुबालाई उहाँको परिवारसंग पुन –मिलन गराइदिन संस्थाले समन्वयकारी भुमिका खेलेको र बिछोडिएको परिवारलाई पुन मिलन गराइदिन पाउँदा आफुलाई खुँसी लागेको यंस्थाकी अध्यक्ष चन्द्राकाफ्ले ले बताउनु भयो ।सिक्किम बाट आउनु भएका उहाँका परिवारले संस्था मेची माहाकाली बुहारी संयुक्त आवाज लाई धन्यवाद सहित समाज र मानव सेवामा लागेको भन्दै धन्यवाद ज्ञापन गरेका थिए ।


 
 
 

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page