top of page

बुहारीहरुले गरे यसरि जेष्ठ आमाहरुको सेवा


मिति २०८१/१/२२

मेचीमाहाकाली बुहारी संयुक्त आवाज उप-शाखा दमक ले मातातिर्थ औसिको अवसर पारेर नमुना बस्ती दमक १ आस्रित जेष्ठ आमाहरुलाई सम्मान तथा दिवा भोजन सेवा कार्यक्रम उपाध्यक्ष चन्द्र्कला भट्टराई (चम्पा) को अध्यक्षतामा सम्पन्न गरेको छ ।


उक्त कार्यक्रममा प्रमुख अतिथि दमक नगरपालिकाकि उपमेयर रेगिना भट्टराई प्रसाईं , विशिष्ट अतिथि दमक नगरपालिका वाड न.७ वाड अध्यक्ष भिम पौडेल, तथा मेचीमाहाकाली बुहारी संयुक्त आवाज झापा जिल्ला संयोजक गंगादेवी भट्टराई तथा सह-संयोजक रोशनी अधिकारी, कोषाध्यक्ष सिता श्रेष्ठ सह कोषाध्यक्ष सिता तिम्सिना, सदस्य जुनु भट्टराई, उपशाखा कमलगाउपालिका सह- सचिब मन्जु शिवाकोटी दाहाल तथा परिवार को साथै आजिवन सदस्यहरुको अतिथ्यमा सुसम्पन्न भएको थियो !


ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परम्परागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ।


 
 
 

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page