top of page

मेम्ब्सा नेपालले गर्यो ब्लड क्यानर पिडीतलाई आर्थिक सहयोग

मिति: २०८१/०३/२३ :

मेचीमाहाकाली बुहारी संयुक्त आवाज द्वारा सञ्चालन गरिएको रु.१०० बचत अभियान अन्तर्गत असार महिनामा संकलित रकम रु.१५०००/- र मोरंग जिल्ला कार्यसमितिबाट संकलित रकम रु. ६५००/-, गरि जम्मा रु. २१५००/- रुपैया सुन्दर हरैचा-९ निवासी, वर्ष १७, कक्षा १२ मा अध्ययनरत, ब्लड क्यान्सर पीडित सुघम थापाको थप उपचारको लागि उहाँकी आमाको हातमा हस्तान्तरण गरेको छ। उक्त रकम हस्तान्तरण गर्न मोरगं जिल्ला संयोजक तारा घिमिरे तथा कार्यसमिती परिवार उपस्थित हुनु भएको थियो ! हाल सुघम थापाको उपचार महाराजगन्ज स्थित टिचिङ हस्पिटलमा भइरहेको छ।


मेचीमाहाकाली बुहारी संयुक्त आवाजले गत चैतदेखि रु. १०० बचत अभियान सुरु गरेको छ। मोरंग जिल्ला संयोजक तारा घिमिरेले सबैलाई महिनाको एक दिन खाजा खर्च बचत गरेर रु. १०० बचत गर्न आह्वान गर्नुभएको छ। साथै, सम्पूर्ण मेचीमाहाकाली परिवारले सुघमको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।


ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ !



 
 
 

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page