top of page

यात्रा सन्धर्भ मुगु -साथमा मेची की चन्द्रा र कर्णालीकी बिधा

Updated: Jan 11


ree


गत शनिबार मेरो ३ बर्ष पछी बिर्तामोड झापा मा मेरी बहिनी चन्द्रा काफ्ले (केन्द्रिय उपादक्ष मेची महाकाली बुहारी संयुक्त अवाज ) संगै दमक भद्रपुर लगायतका अन्य प्यारी बहिनि हरु संग भेट भयो।हरेक बहिनि हरु संग मेरो उत्तिकै आत्मियता छ त्यो पनि व्यक्तिगत तवरले। म एक एक गरि हरेक बहिनि हरु संग परिचित छु र ति नाम हरु मेरो मन मष्तिस्क मा छायाका छन र छाउदै जाने छन् ।

दिनभर को कार्यक्रम पछि सांझमा बहिनि चन्द्राको घरमा शरीरको थकान मार्दै गर्दा मन भने कत्ति थाकेको थियन। आपसी पारिवारिक दुख सुख र केहि समय भय पनि दिदी बहिनि का गन्थनमा रमाउन पाउने अबसर थियो तर हामी घुमी फेरि त्यहि ३ बर्ष पहिलेको परिकल्पना को एउटा पाटोमा पुगेउ जुन पाटो को कुरा त सजिलो छ तर बाटो गार्हो। अब त् झनै मन भित्र दौडीयका बाटो मात्र होइन साच्चिकै डाडा काँडाका भिरमा ठडियका बाटोमा हिड्नु छ।तिन जाना स्कुले छोरा छोरि लाई काम मा दौडीरहनु पर्ने श्रीमानको जिम्मा लगायर आयको लामो दुरीको मेरो यात्रा भय पनि चन्द्राको तुलनामा बरु मेरो यात्रा धेरै सहज थियो होला।स्वास्थ्य सेवमा आवद्द रहदा कुनै बिशेष समयमा बिदा बस्नै नपाइने नियमको पावन्दी काट्दा हुने जोखिम , नाबालिका स्कुले छोरि , छोरा र त्यहि माथि आपनै घरै नजिक रहेका निकट नाता सम्बन्धमा रहेको व्यक्तिको मृत्यु हुदा गरिने आधारभूत कर्तब्य पालना लाई बिचमै छोडेर जानु पर्ने अवस्था लाई चन्द्रा ले स्वीकार्नु को विकल्प रहेन। चन्द्राको ठाउमा म स्वोयम नै भैदियको भयपनि यो बिकल्प स्वीकार्नु सहज हुने थियन। सोच्दछु मैले समर्पण गरेका जीवनका अर्थपूर्ण लक्ष्य हरुका वजनका भार हरेक हरेक पल पल मा चन्द्रा का काँधमा अडियर चलायमान भयका छन्।

आखिर यस्तो अवस्थमा किन महत्वपुर्ण छ त् यो यात्रा ? नगए पनि हुन्थ्यो ? एउटा यात्रा त् हो आफ्नो सहजतामा जैले गरे पनि हुन्थ्यो।तर यो यात्रा हाम्रो ३ बर्ष पहिलेको परिकल्पना संग जोडीयको छ. महिला हिंसा तथा बालबालिकाको हिंसा बिरुद्द को अभियानमा बालबालिका को परिकल्पनामा गर्दै गर्दा मनमा सबै भन्दा पहिला कर्णालीका बालबालिकाको अवस्थाको चित्रण भयको थियो।बालबालिका लाई दिइने शारीरिक चोट , बाल श्रम , र यौन दुर्ब्यबहार मात्र हिंसा होइन। राज्य ले ब्यबस्था गरेको बाल हितको आधारभूत कुरा बाट बन्चित हुनु पनि हिंसा हो। वास्तविक बाल हिंसा को सिल सिला त्यहि बाट सुरु हुन्छ र विभिन्न रुपमा झाँगिदै जान्छ। शिक्षा निशुल्क हुदा हुदै पनि कैयन बालबालिका किन बिधालय पुगेका छैनन ? बिद्यालय जाने बाटो भन्दा गौरिफान्ता को बाटो समायर किन भारत पुग्छन ? हामी शहर बासी भूगोल को सिमानामा केहि इन्च तल माथि हुदा मन दुख्छ राष्ट्रियता को भावनाले आक्रोशित मात्र होइन उत्तेजित पनि हुन्छौ। हामीलाई काठमाडौँ मै बसेर एक एक इन्च जमिन को नाप थाहा हुन्छ पिरोलिन्छौ स्वभाबिक पनि हो सिमाना संग हाम्रो भावना जोडियको हुन्छ तर तेही सिमाना काटेर गयका या लगियाका या बेचियाका बालबलिकाहरुको प्रति हाम्रो भावना के तेसरी नै जोडियको छ? या सायद बेखबर छौ? म यी भवाना का अक्षर हरु धेरै कोर्न चाहदिन। यी गुनासाका अक्षर हरुले मेरो लेख लाई सुन्दर बनाउलान तर यसको के नै अर्थ हुन्छ र जब सम्म ति बालबालिका हरुको परिवेश मा कुनै सुन्दरता थपिदैंन। न म संग यो समस्याको हल छ। म एक साधारण मान्छे त् के कुरा , यंहा स्वोयम राज्यसंग पनि यस्को ठोस हल हुदैन जब सम्म राज्य ले लियको नीति को कार्यन्वन हुन् सक्दैन। नीति जस्तो भए पनि कार्यान्वयन गर्ने संयन्त्र नहुँदा नीतिमै सिमित हुन्छ, नीतिहरूलाई सही ढंगले कार्यान्वयन गर्न बलियो संयन्त्र आवश्यक छ। संयन्त्र भन्नाले के सरकार को मातहत मा रहेका कार्यलय मात्र हुन् या कार्यलयका तलब सुबिधा लिने सरकारी कर्मचारी मात्र हुन् ? यदि हामीले यसलाई मात्र संयन्त्र मान्यौ भने सोच्नुहोस संयन्त्र जस्तो छ बालबालिका को स्थिति पनि तेस्तै रहन्छ। मलाई थाहा छैन संयन्त्र भन्नाले के हो, तर मलाई यत्ति थाहा छ म जस्तै साधारण आम एक एक मान्छे हरुको कर्तब्य बोध को भावानाले बनेको समजोड पनि संयन्त्र हो। राज्य मेरो निम्ति हो र म पनि राज्य को निम्ति हो भन्ने मान्यता राखिन्छ भने हामी एक एक मानिस पनि संयन्त्र हौ। आज त्यहि आफुलाई पनि संयन्त्र भन्ने महसुस गरेर चन्द्रा काफ्ले र बिद्या तिमिल्सिनाक साथ कर्णाली प्रदेस को अन्तर्गत को एक जिल्ला मुगु तर्फ जादै छु।

नेपालको संविधानले शिक्षालाई मौलिक हकको रुपमा व्यवस्था गरेको छ सरकारले बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन अनिवार्य तथा निःशुल्क शिक्षाको अवधारणा ल्याएको छ । त्यसैगरी छात्रवृत्ति, निःशुल्क भर्नाजस्ता कार्यक्रमहरु सामुदायिक विद्यालयहरुमा सञ्चालित छन् ।कर्णाली सरकारले त झन् २०७६ सालमा नै तत्कालिन समयको एक वर्षभित्र साक्षर कर्णाली घोषणा गर्ने लक्ष्यसहित दाबी पनि गरिरहेको थियो । तर कर्णालीमा प्रदेशमा ३१ हजार २५ जना बालबालिका अझै विद्यालय क्षेत्र भन्दा बाहिर रहेको तथ्यांकले देखाएको छ । शिक्षा निर्देशनालय सुर्खेतको रिपोर्टअनुसार कर्णालीका दशवटै जिल्लामा गरी करिब ३१ हजार बालबालिका विद्यालय बाहिर छन् ।

कर्णालीमा १७ लाख ७० हजार घरधुरी छन् । ती मध्ये ३१ हजार बालबालिका अझै विद्यालय बाहिर हुनु भनेको समृद्ध नेपाल र सुखी नेपालीको नारा बोकेको राज्यका लागि गम्भीर चुनौती हो । ‘संविधानले मौलिक हकका रूपमा समावेश गरेको बाल अधिकारबाट नै कर्णाली प्रदेशका धेरै बालबालिका बञ्चित रहेका छन।

नेपालको संविधानले शिक्षालाई मौलिक हकको रुपमा व्यवस्था गरेको छ सरकारले बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन अनिवार्य तथा निःशुल्क शिक्षाको अवधारणा ल्याएको छ । त्यसैगरी छात्रवृत्ति, निःशुल्क भर्नाजस्ता कार्यक्रमहरु सामुदायिक विद्यालयहरुमा सञ्चालित छन् ।कर्णाली सरकारले त झन् २०७६ सालमा नै तत्कालिन समयको एक वर्षभित्र साक्षर कर्णाली घोषणा गर्ने लक्ष्यसहित दाबी पनि गरिरहेको थियो । तर कर्णालीमा प्रदेशमा ३१ हजार २५ जना बालबालिका अझै विद्यालय क्षेत्र भन्दा बाहिर रहेको तथ्यांकले देखाएको छ । शिक्षा निर्देशनालय सुर्खेतको रिपोर्टअनुसार कर्णालीका दशवटै जिल्लामा गरी करिब ३१ हजार बालबालिका विद्यालय बाहिर छन् ।

कर्णालीमा १७ लाख ७० हजार घरधुरी छन् । ती मध्ये ३१ हजार बालबालिका अझै विद्यालय बाहिर हुनु भनेको समृद्ध नेपाल र सुखी नेपालीको नारा बोकेको राज्यका लागि गम्भीर चुनौती हो । ‘संविधानले मौलिक हकका रूपमा समावेश गरेको बाल अधिकारबाट नै कर्णाली प्रदेशका धेरै बालबालिका बञ्चित रहेका छन।

प्रश्न याँहा छ शिक्षा निशुल्क हुदा हुदै पनि कर्णाली मा यति धेरै बालबालिका किन बिधालय गयका छैनन् ? बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी मात्र हैन धेरैको संख्यामा गैरसरकारी संस्थाहरु पनि होलान यिनै सरकारी र विभिन्न गैरसरकारी क्षेत्रबाट बालबालिकाको क्षेत्रमा धेरै रकम खर्चिए पनि उपलब्धि किन हासिल हुन् सकेको छैन ? आखिर रकम खर्च गरेर पनि नहुदो रहेछ ?


आर्थिक अभाब का कारण आफ्ना सन्तान लाई बाल श्रम गर्न पठाउनु गरिबी पनि एक कारण होला तर गरिबी मात्र होइन कारण बरु शिक्षा आफ्ना नानी बाबु हरुको सबै भन्दा आबस्यकता हो भनेर नबुझ्नु पनि हो। जस्तो सुकै संघर्ष मा आफ्ना नानी बाबु हरुलाई आफु आधा पेट खायर भय पनि हुर्काउने ति ग्रामिण आमालाई आफ्नो सन्तानको शारीरिक विकास जस्तै बौद्दिक विकास हुनु पर्छ भनेर बुझाईदिने मानिस नभयर पनि हुन् सक्छ। राजनीतक स्थिरता सहित राष्ट्रले आर्थिक उन्नतिको बाटो तर्फ अघि बढे पनि देशको आर्थिक अवस्था परिवर्तन हुन् बर्षौ लाग्छ र कर्णाली जस्तो बिकट प्रदेस मा त झन् एक दशक नै लाग्ला। अनि यस्तो अवस्थामा देश को आर्थिक अवस्थाले गर्दा निम्तायाको गरिबी लाई कारण बनायर एक दशक सम्म कुर्ने। बाटो घाटो पुल भवन जस्ता भौतिक पुर्बधार ले मात्रै गरिबी हट्छ भन्ने हाम्रो मान्यता रहेको छ। यो पुर्बधारबाट बन्ने उत्पादनले घटाउने गरिबीको दर भन्दा शिक्षित इमान्दार नैतिकवान नागरिक उत्पादनले घटाउने गरिबीको दर धरै छिटो हुन्न्छ। र यो सबैको आधार हो बालबालिका को शिक्षा र आफ्ना नाबालक सन्तान लाई बिधालय नपठाउनु भनेको पाप गरे सरह हो भनेर आम बाबु लाई बुझाउनु हामी जस्तो आम मान्छे हरुको पनि कर्तब्य हो।नाबालक सन्तानका आमा हरु स्वोतह घरमा बुहारीको भूमिकामा हुन्छन। मेची माहाकाली बुहारी संयुक्त आवाज मुगु का बुहारी हरुका घर घरमा पुग्न चाहन्छ र उनीहरुलाई सन्तानलाई बिधालय पठाउन जागरण गराऊदै एकताबद्द गर्न चाहन्न्छ। दुर्गम बुहारीहरुको यो एकता लाई सुगम मा बस्ने बुहारी हरु संग जोडेर दुख सुख साट्ने माध्यम बनाउन चाहन्छ। मुगुमा रहेका स्थानीय संघ संस्था हरुले चालिरहेको कदम मा कदम मिलाउन चाहन्छ। स्थानीय सरकार संग सहकार्य गर्दै सरकारका योजना कार्यन्वन प्रति सहयोगी रहने प्रतिबद्दता गर्दछौ। यो संस्थाको महत्वपुर्ण जिम्मेबारीमा रहेका र संभवाना बोकेका क्षमतावन मेरा दुइ बहिनि चन्द्रा काफ्ले र विधा तिमिल्सिना संग को यात्रमा मैले धेरै कुरा सिक्न पाउने छु भन्ने अपेक्षा लियाकी छु।


 
 
 

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page