top of page

लैङ्गिक हिंसा अन्त्यका लागि निजगढमा १६ दिने अभियान अन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न

निजगढ (बारा), २०७९ मंसिर २२।


भन्ने मूल नाराका साथ मेचीमाहाकाली बुहारी संयुक्त आवाज, बाराले महिला हिंसा न्यूनीकरण सम्बन्धी १६ दिने अभियान अन्तर्गत एकदिने सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम इलाका प्रहरी कार्यालय निजगढको सहकार्यमा निजगढ नगरपालिका–७, श्री नेत्रोदय माध्यमिक विद्यालय नजिक, योजनाटोल–लखनचोकमा आयोजित गरिएको थियो।


कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, स्थानीय प्रतिनिधिहरू, आमा दिदीबहिनी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले प्रविधिको सुरक्षित प्रयोग, लैङ्गिक हिंसाका रूपरंग, कानुनी प्रक्रिया तथा निरोधात्मक उपायहरूबारे विस्तृत जानकारी प्राप्त गरेका थिए।


सचेतनामूलक कार्यक्रम सफल बनाउन महत्वपूर्ण सहकार्य प्रदान गरेकोमा मेचीमाहाकाली बुहारी संयुक्त आवाज, बाराले इलाका प्रहरी कार्यालय निजगढ तथा कार्यालय प्रमुख जिवन लामिछानेप्रति आभार व्यक्त गरेको छ। संस्थाले बालबालिका तथा महिलाको अधिकार संरक्षणका लागि आफू निरन्तर सक्रिय रहने प्रतिबद्धता समेत जनाउँदै, १६ दिने अभियानले समाजमा आवश्यक चेतना जगाउने विश्वास व्यक्त गरेको छ।


ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ ।



 
 
 

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page