top of page

लैङ्गिक हिंसा सम्बन्धी जनचेतना कार्यक्रम तथा महिलामा देखिने पाठेघर र स्तन क्यान्सरसम्बन्धी अन्तरक्रिया कार्यक्रम

मिति: २०८२/०८/०९

सुन्दरहरैंचा–७, मोरङ्


“लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने उद्देश्यसहित मेचीमाहाकाली बुहारी संयुक्त आवाज मोरङ् शाखाले सञ्चालन गरिरहेको १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत आज सुन्दरहरैंचा नगरपालिका वडा नं. ७ मा लैङ्गिक हिंसा सम्बन्धी जनचेतना कार्यक्रम तथा महिलामा देखिने पाठेघर र स्तन क्यान्सरसम्बन्धी अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ।


कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष भुवनसिंह आले मगर रहनुहुन्थ्यो। त्यसैगरी विशेष अतिथि सोही वडाकी वडा सदस्य तथा कार्यपालिका सदस्य सीता अधिकारारी हुनुहुन्थ्यो।


मोरङ जिल्ला संयोजक तारा दाहाल ज्यूको नेतृत्वमा सम्पन्न कार्यक्रमले स्थानीय समुदायमा लैङ्गिक हिंसाका रूप, कारण, प्रतिकारका उपाय तथा उपलब्ध सेवा–सुविधाबारे विस्तृत जानकारी गराइएको थियो। साथै महिलामा बढी देखिने पाठेघर र स्तन क्यान्सरका लक्षण, समयमै उपचारका फाइदा तथा रोकथामका उपायबारे स्वास्थ्यकर्मीहरूले व्यवहारिक रूपमा उपयोगी जानकारी प्रदान गरेका थिए।


कार्यक्रममा वडा अध्यक्ष, वडा सदस्यहरू, मेलमिलाप केन्द्रका संयोजक, टोल विकास समिति संयोजक, जेष्ठ नागरिक प्रतिनिधि, महिला मानवअधिकार रक्षक सञ्जालकी प्रतिनिधि उर्मिला सुबेदी लगायत स्थानीय सरोकारवालाहरू तथा मोरङ् शाखाका सम्पूर्ण पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


संस्थाले आगामी दिनमा पनि लैङ्गिक हिंसा अन्त्य तथा महिला स्वास्थ्यका विषयमा हरेक वडामा नियमित सचेतना कार्यक्रम सञ्चालन गर्ने, विशेषगरी किशोरी तथा गृहिणी लक्षित गरि अझ सशक्त रूपमा काम गर्ने लक्ष्य राखेको संयोजक तारा दाहालले बताउनु भएको थियो ।


यसको साथसाथै मेचीमाहाकाली बुहारी संयुक्त आवाज मोरङ् शाखाले लैङ्गिक हिंसामुक्त समाज निर्माणका लागि स्थानीय समुदायसँगै हातेमालो गर्दै आगामी दिनमा अझ प्रभावकारी गतिविधि संचालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।


ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ ।




 
 
 

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page