top of page

वृद्ध तथा शारीरिक अपाङ्गता भएका परिवारलाई खाद्यान्न सामग्री वितरण


मिति: २०८२/५/२१, बारा

मेचीमाहाकाली बुहारी संयुक्त आवाज, बारा शाखाले आफ्नो छैटौं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै वृद्ध तथा शारीरिक अपाङ्गता भएका दुई घर–परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ।


कार्यक्रमका संयोजक चन्द्रिका मगरले समाजमा कोही पनि खानाको अभावले वञ्चित नहोस् भन्ने उद्देश्यले चामल, तेल, आलु, दाल, मसला, चिउरा, प्याज, मस्यौरा लगायतका आवश्यक सामग्रीहरू वितरण गरिएको जानकारी दिनुभयो।


त्यसैगरी, बारा जिल्ला सचिव उषा लामाले, “यो अभियान केवल खाद्यान्न वितरण मात्र होइन, यो मानवताको आत्मीयता, आशा र सहअस्तित्वको सन्देश हो। सानो सहयोगले ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने प्रमाण हो,” भन्दै, संस्थाको यो कदमले सहयोग प्राप्त गर्ने परिवारको जीवनमा खुशी र मुस्कान भरेको बताउनुभयो।


संस्थाले समाजलाई दिएको यो प्रेरणादायी सन्देशले सहअस्तित्व र करुणाको भावनालाई अझ सशक्त बनाएको छ।


खाद्यान्न हस्तान्तरण कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण महानुभावहरूलाई मेचीमाहाकाली बुहारी संयुक्त आवाज, बारा परिवारले हार्दिक आभार प्रकट गरेको छ।


ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ ।


 “सहयोगको सानो हातले, आशाको ठूलो दीप प्रज्वलित हुन्छ।”


 
 
 

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page