top of page

संस्थागत विकासका लागि नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा प्रस्ताव लेखन तालिम

Updated: May 18, 2024

मिति: २०८१/०२/०५ गते सनिबार,

मेचीमाहाकाली बुहारी संयुक्त आवाज ओखलढुंगा द्वारा दुई दिवसीय संस्थागत विकासका लागि नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा प्रस्ताव लेखन तालिम जिल्ला संयोजक राधा निरौलाको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ।

महिला जागरणको सभाहलमा आयोजित उक्त तालिममा जिल्ला अदालतका जिल्ला न्यायाधीश श्रि गिरिराज गौतम, जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी प्रमुख कृष्ण खड्का, जिल्ला समन्वय समिति प्रमुख भिमकुमारि खत्री सीता, आफ्नो एफएम बाल संरक्षण अध्यक्ष बिनु राई, महिला थताबालबालिका शाखा प्रमुख सरिता तामाङ , स्वास्थ्य शाखा प्रमुख पवन लामा, अख्तियार अनुसन्धान आयोगका प्रतिनिधि, अन्तर पार्टी महिला सञ्जाल संस्थापक उपमेयर ईक्ष्याकुमारि गुरुङ , साहास नेपाल प्रमुख देवेन्द्र लामा, सेफहाउस का अध्यक्ष पेमडोमा सेर्पा,लगायत कार्य समिति सदस्य तथा आजीवन सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उक्त तालिम २०८१/०२/०४ देखि २०८१/०२/०५ सम्म सञ्चालन भएको थियो। दुई दिने नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा प्रस्ताव लेखन तालिम टेवा नामक संस्थाको सहयोगमा गरिएको थियो


मेम्बसा नेपालकी ओखलढुंगा संयोजक श्रीमती राधा निरौलाले यस प्रकारका कार्यक्रमहरूमा महिला सहभागिता बढाउने प्रयास गर्दा महिलाहरूको व्यक्तित्व विकास तथा संस्थागत सक्रियतामा थप प्रभावकारी हुने बताउँदै आगामी दिनमा यस संस्थाले थप कार्यक्रम गर्ने जानकारी गराउनुभयो।


ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ।


ree

 
 
 

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page