top of page

*सताक्षी धाम मन्दिरको धारा निर्माणमा २५ हजार रुपैयाँ सहयोग*

मिति: २०८१ भाद्र १९ गते,



झापा, सतासीधाम - मेचीनमहाकाली बुहारी संयुक्त आवाज (MEMBSA Nepal) को पाँचौं वार्षिकोत्सव यस वर्ष विशेष र अर्थपूर्ण ढंगले सतासीधाम मन्दिरमा सम्पन्न भएको छ। ‘Mechi Mahakali Buhari Sanyukt Awaaj’ (MEMBSA) ले विगत पाँच वर्षदेखि ग्रामीण महिलाहरूको सशक्तिकरणमा समर्पित भएर विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ। यसै क्रममा, संस्थाले सताक्षी धाम मन्दिरको धारा निर्माणमा २५ हजार रुपैयाँ सहयोग गरेको छ। साथै, बटुक बालबालिकालाई शैक्षिक सामग्री वितरण र भक्त महिलालाई गेरु वस्त्र प्रदान गर्दै धार्मिकता र सेवा भावनालाई सँगसँगै अघि बढाउने आफ्नो प्रतिबद्धता पुनःस्थापित गरेको छ।


यस पटक, वार्षिकोत्सव कुनै ठूला होटल वा सभागृहमा होइन, सताक्षी धाम मन्दिरजस्तो पवित्र स्थानमा मनाइएको छ, जसले आध्यात्मिकताको महत्त्वलाई अझ बलियो बनाएको छ। MEMBSA यो पवित्र स्थललाई धार्मिक पर्यटन गन्तव्य बनाउनको लागि योगदान पुर्‍याउन चाहन्छ।


कार्यक्रमको अवसरमा संस्थाकी संस्थापक अध्यक्ष यमन शर्मा पौडेलको जन्मदिन पनि मनाइयो। संघर्ष र समर्पणको प्रतीक यमन शर्मा पौडेलले ग्रामीण क्षेत्रका महिलाहरूको सशक्तिकरणका लागि ‘Mechi Mahakali Buhari Sanyukt Awaaj’ को स्थापना गरेकी थिइन्। MEMBSA नेपालकी वर्तमान अध्यक्ष चन्द्रकला काफ्लेले पनि संस्थाको अभियानलाई अगाडि बढाउन निरन्तर प्रयासरत रहँदै आइरहेकी छिन्।


उक्त अवसरमा प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाकी उप-प्रमुख नरमाया कार्की र संस्थाकी अध्यक्ष चन्द्रकला काफ्लेद्वारा दीप प्रज्वलन गरी औपचारिक उद्घाटन गरिएको थियो। समारोहमा विभिन्न प्रतिष्ठित व्यक्तिहरू, कमल उपशाखाकी संयोजक चन्द्रकला सुब्बा, शिवसतासीधाम पर्यटन विकास समितिका सचिव कालिप्रसाद रिजाल, शिवसताक्षी वडा नं. ११ का वडा सदस्य प्रेम भुजेल, मेची महाकाली बुहारी संयुक्त आवाजकी कोशी प्रदेश संयोजक पिंकी थापा, कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने, झापा जिल्ला कार्यसमिति, कमल उपशाखा, दमक उपशाखा परिवार, तथा आजीवन सदस्यहरू र समाजसेवामा समर्पित मानिसहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।


MEMBSA नेपालको यस वार्षिकोत्सवले समाजसेवाको उदाहरणीय भाव र आध्यात्मिकताको अनन्य महत्त्वलाई पुनःस्थापित गरेको छ, जसले भावनात्मक रूपमा समुदायलाई एकताबद्ध गरेको छ | कार्यक्रमकी प्रमुख अतिथी शिवसताक्षी नगरपालिकाकी उप–प्रमुख नरमाया कार्की साथै  केन्द्रिय अध्यक्ष काफ्ले संयुक्तरुपमा पासमा वत्ति बाली  उद्घाटन गर्नु भएको कार्यक्रमलाई झापा कार्यसमिति सह– संयोजक रोशनी खनाल अधिकारीले स्वागत गर्नु भएको थियो ।


ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ । 

ree

 
 
 

1 Comment

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
Guest
Sep 05, 2024
Rated 5 out of 5 stars.

Good

Like
bottom of page