top of page

सधैं सेवामा समर्पित मेम्ब्सा नेपाल !


माघ ३, २०८१ ,

सामाजिक सेवामा सक्रिय मेची–माहाकाली बुहारी संयुक्त आवाजले स्टोकका कारण कोमामा रहनुभएका बिनोद सिंखडा ज्यूको उपचारका लागि आर्थिक सहयोगस्वरूप रु. १५,००० प्रदान गरेको छ। संस्थाका प्रतिनिधिहरूले यो सहयोग बिरामीको निवासमै गएर हस्तान्तरण गरेका हुन्। सहयोग हस्तान्तरणका क्रममा संस्थाका आजीवन सदस्यद्वय सरु सुब्बा र कविता श्रेष्ठको उपस्थितिले अभियानलाई थप गरिमा प्रदान गरेको छ।


संस्थाले यस कठिन परिस्थितिमा बिनोद सिंखडा ज्यू र उहाँको परिवारलाई सान्त्वना दिँदै, उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। संस्थाले यो सानो सहयोगले उहाँको उपचारमा केही राहत मिल्ने आशा व्यक्त गरेको छ। मेची–माहाकाली बुहारी संयुक्त आवाजले पीडित र असहायहरूको सेवाका लागि निरन्तर सहानुभूति र सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस घटनाले पुनः प्रमाणित गरेको छ कि संस्था सामाजिक उत्थान र सकारात्मक परिवर्तनका लागि समर्पित छ।


ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ।


ree















 
 
 

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page