top of page

समाजसेवाको प्रेरणादायी उदाहरण !!


मिति: २०८१ माघ ८ गते,

मेचीमाहाकाली बुहारी संयुक्त आवाज बॅाके जिल्लाको उपाध्यक्ष रामकुमारी केसी ज्यू ले आफ्नो सामाजिक जिम्मेवारी र मानवीय कर्तव्य निर्वाह गर्दै उल्लेखनीय कार्यको नेतृत्व गर्नुभएको छ। उहाँले कोहलपुर नगरपालिका–११ स्थित राष्ट्रिय परीक्षा बोर्ड अगाडि, अन्दाजी २० वर्षीय, हिन्दी भाषा बोल्ने, भारतिय मूलका जस्तो देखिने एक अलपत्र पुरुषलाई भेट्नुभयो। ती पुरुष आफ्नो परिवारसँग सम्पर्कविहीन अवस्थामा, सहयोगको प्रतीक्षामा हुनुहुन्थ्यो।


उपाध्यक्ष रामकुमारी ज्यूको नेतृत्वमा, तत्कालै ईलाका प्रहरी कार्यालय कोहलपुर बॅाके को सहकार्यमा, ती व्यक्तिलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने पहल सुरु गरियो। उहाँको सहानुभूतिशील निर्णयका कारण ती पुरुषलाई मानव सेवा आश्रममा सुरक्षित रूपमा पठाउन सकियो। यो कार्य केवल कर्तव्य होइन, मानवीय प्रेम र दायित्वको एक उत्कृष्ट उदाहरण हो।


यस महत्त्वपूर्ण प्रक्रियामा, जिल्ला सचिव प्रमिला शाही लगायत सम्पूर्ण समितिका सदस्यहरूको समन्वयात्मक भूमिका अत्यन्त प्रेरणादायी रहेको छ। टेलिफोन वा प्रत्यक्ष रूपमा सहयोग पुर्याउदै, यो टीमले अलपत्र परेका व्यक्तिको जीवनमा सकारात्मक परिवर्तन ल्याउन अहम् भूमिका खेलेको छ।


यस प्रेरणादायी कार्यका लागि रामकुमारी केसी ज्यू, प्रमिला शाही ज्यू, र सम्पूर्ण मेची–माहाकाली बुहारी संयुक्त आवाज बॅाके समिति परिवारलाई हामी पनि हार्दिक धन्यवाद व्यक्त गर्दछौं। तपाईंहरूको यस्तो उदाहरणीय सामाजिक सेवाले मानवताको उज्यालो पाटोलाई उजागर मात्र गरेको छैन, समाजलाई सहानुभूति र सहयोगको मार्गमा अघि बढ्न प्रेरित पनि गरेको छ।


ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ।


ree

 
 
 

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page