top of page

साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न

मिति: २०८१, भाद्र ६ बिहिबार


मेचीमाहाकाली बुहारी संयुक्त आवाज, मोरङ शाखाको आयोजनामा केराबारी गाउँपालिका वडा नम्बर ९ स्थित श्री बुद्ध मावि, देविझोडामा आयोजित साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। यस कार्यक्रममा स्थानीय समुदायलाई साइबर अपराधको जोखिम, पहिचान, र यसबाट सुरक्षित रहने उपायहरूको बारेमा महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो।


कार्यक्रमको प्रमुख उद्देश्य समुदायमा साइबर सुरक्षा सम्बन्धी जनचेतना फैलाउनु र साइबर अपराधबाट कसरी जोगिन सकिन्छ भन्ने विषयमा जानकारी प्रदान गर्नु रहेको थियो। यस अवसरमा जिल्ला संयोजक तारा दाहालले डिजिटल युगमा साइबर अपराधप्रति सतर्क रहनुपर्ने आवश्यकताबारे जनचेतना फैलाउन यस्ता सचेतनामूलक कार्यक्रमहरूको महत्त्वपूर्ण भूमिका रहेको कुरा जोड दिनुभयो। साथै, उहाँले यस्ता कार्यक्रमहरू भविष्यमा पनि निरन्तर रूपमा सञ्चालन गर्न प्रतिबद्धता व्यक्त गर्नुभयो।


कार्यक्रममा सहभागीहरूले साइबर अपराधका विभिन्न प्रकारहरू, साइबर सुरक्षा मापदण्डहरू, र व्यक्तिगत गोपनीयताको सुरक्षाका उपायहरूको बारेमा विस्तृत जानकारी प्राप्त गरे। यसले उनीहरूको ज्ञान र सीपलाई परिष्कृत गरी भविष्यमा सम्भावित साइबर खतराहरूबाट सुरक्षित रहन मद्दत गर्ने विश्वास लिएको छ।


जिल्ला उपाध्यक्ष सुशिला सुबेदिले यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने विद्यालय परिवार, वडा कार्यालय, तथा अन्य सरोकारवाला सबैप्रति हार्दिक आभार व्यक्त गर्दै, यस्ता सचेतनामूलक गतिविधिहरूले स्थानीय स्तरमा साइबर सुरक्षासम्बन्धी चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने र भविष्यमा पनि यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।


ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ।


ree

 
 
 

2 Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
Guest
Aug 24, 2024
Rated 5 out of 5 stars.

Super

Like

Guest
Aug 24, 2024

जय मेचीमाहाकाली बुहारी संयुक्त आवाज

Like
bottom of page