"सानो काम, ठूलो परिवर्तनको शुरुवात! बालबालिकाको शिक्षा को लागि मेम्बसा नेपाल
- Yamu Sharma Subba

- Sep 13, 2024
- 1 min read
मिति : २०८१/०५/३०,
मेची-माहाकाली बुहारी संयुक्त आवाजद्वारा ६० औं राष्ट्रिय बाल दिवसको अवसरमा बिर्तामोड-७, नयाँ बस्ती टोलका बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण को साथै दिवा खाजा खुवाएर सम्पन्न गरेको छ। “सबै बालबालिकाको पढ्ने, बढ्ने, रमाउने, स्वस्थ रहने र सहभागी हुने अधिकार सुनिश्चित होस्, सुनिश्चित बाल अधिकार समृद्ध नेपालको आधार” भन्ने नारालाई सार्थक तुल्याउँदै, यस कार्यक्रमले बालबालिकाको उज्ज्वल भविष्यतर्फ एक महत्वपूर्ण कदम अगाडि बढाएको हो।
कार्यक्रममा केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्ले, झापा जिल्ला संयोजक गंगादेवी भट्टराई, सह-संयोजक रोशनी अधिकारी, सचिव रिना राई, र सह-कोषाध्यक्ष सीता लिम्सिनाको गरिमामय उपस्थिति रहेको थियो।
केन्द्रीय अध्यक्ष काफ्लेले कार्यक्रमलाई सम्बोधन गर्दै, बालबालिकाको शिक्षा, स्वास्थ्य, र समग्र विकासका लागि यस्तो पहलले ठूलो महत्त्व राख्ने बताउनुभयो। उहाँले बालबालिकाहरूलाई अध्ययनमा प्रेरित गर्ने र उनीहरूका अधिकार सुनिश्चित गर्न यस कार्यक्रमले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
यसै क्रममा, मेम्ब्सा नेपालले बालबालिकाको शिक्षा क्षेत्रमा विशेष ध्यान केन्द्रित गर्दै आएको छ र हिमाली विकट जिल्ला मुगुका बालबालिकासँग पनि साक्षात्कार गरेको छ। संस्था बालबालिकाको शैक्षिक, सामाजिक, र भावनात्मक विकासलाई प्रोत्साहित गर्न निरन्तर क्रियाशील रहँदै आएको छ।
झापा जिल्ला संयोजक गंगा भट्टराईले बालबालिकाको सशक्तीकरणको दिशामा यस्ता कार्यक्रमहरूले महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै, “बालबालिकालाई केवल पढ्ने अवसर मात्र होइन, समयसापेक्ष गुणस्तरीय शिक्षा प्राप्त गर्नु उनीहरूको मौलिक अधिकार हो,” भन्ने कुरामा जोड दिनुभयको थियो।
उहाँले बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि सबैले आवश्यक सहयोग र समर्थन पुर्याउनुपर्नेमा विशेष ध्यान दिन आग्रह गर्दै, "बालबालिकालाई सही शिक्षा प्रदान गरी उनीहरूको उज्यालो भविष्यको आधार तयार पार्न हामी सबै जिम्मेवार हुनुपर्छ," भन्ने प्रेरणादायी सन्देश व्यक्त गर्नुभयको थियो !









बाल दिवसको सबैमा शुभकामना !