सामाजिक दायित्वसँगै सांस्कृतिक पर्व: मेम्बसाले असार १५ मा आयोजना गर्यो विशेष कार्यक्रम !
- मेचीमाहाकाली बुहारी संयुक्त आवाज
- Jun 29, 2024
- 2 min read
मिति 2081/03/15,
असार १५ तथा राष्ट्रिय धान दिवसको अवसरमा, मेची महाकाली बुहारी संयुक्त आवाज, सुनसरीले मायाघर नेपाल, इटहरीमा एक कार्यक्रम आयोजना गरी १४० भन्दा बढी जेष्ठ नागरिक, बालबालिका, र अपांगता भएका व्यक्तिहरुलाई दही चिउरा खुवायो।
यस अघि, मोरंग शाखाले विशेष कार्यक्रम गरी यो अवसरलाई मनायो र उक्त कार्यक्रममा मोरंग संयोजक तारा घिमिरेले भनिन्, "यो कार्यक्रमले हाम्रो सांस्कृतिक सम्पदालाई सम्मान गर्दै महिला एकताको महत्त्वलाई उजागर गरेको छ। हाम्रो संस्था मेम्बसा नेपालले महिला सशक्तिकरण, स्वास्थ्य सेवा, र शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ। दही चिउरा कार्यक्रमले महिलाहरुबीचको एकता र सहयोगको भावना बलियो बनाएको छ। हामी हाम्रो परम्परा र संस्कृतिलाई मनाउँदै, एकअर्कालाई सहयोग र समर्थन गर्दै, समाजलाई अझ बलियो बनाउन सक्छौं।"
यस अवसरमा, बारा जिल्लाले पनि धान रोपेर राष्ट्रिय धान दिवसलाई विशेष तवरले मनायो। बारा जिल्लामा धान रोपाइँ गरेर स्थानीय किसान र समुदायले कृषि महत्वलाई उजागर गर्दै आफ्नो सांस्कृतिक धरोहरलाई जगेर्ना गरे।
पुजा कार्कीको नेतृत्वमा रहेको सुनसरी जिल्लाले विभिन्न अवसरहरूमा संस्थाको मिशनलाई वहन गर्दै उत्कृष्ट कार्य गर्दै आइरहेको छ। यस अवसरमा, मेम्बसा नेपालले सामाजिक भावनासँगै सबै संस्कृतिहरूलाई मनाउने मात्र नभई, सामाजिक दायित्वलाई नै संस्कृति बनाउने उद्देश्यलाई प्राथमिकता दिएको छ। उक्त कार्यक्रमलाई जिल्ला उपाध्यक्ष लक्ष्मी काफ्ले ले नेतृत्व गर्नु भएको थियो र सम्पूर्ण कार्यसमिती तथा आजिवन सदस्यहरुले साथ दिनु भएको थियो ।
कोशी प्रदेश संयोजक पूजा दामोदर बिडारी आफ्नो अंतर्गतका जिल्लाहरूमा सामाजिक कार्यलाई प्रोत्साहन गर्दै कार्यक्रमको सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकी छिन्!
बिर्तामोडबाट नेपाल मुख्यालयकी चन्द्रकला काफ्ले र वाशिंगटन डीसीबाट अन्तर्राष्ट्रिय मुख्यालयकी यमन शर्मा पौडेलले आफ्नो शुभकामना व्यक्त गर्दै भने, "हाम्रो संस्थाले महिला सशक्तिकरण, स्वास्थ्य सेवा, र शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको छ।"
यसरी, मेम्बसाले आफ्नो मिशनलाई सांस्कृतिक उत्सवहरूसँग जोड्दै, महिला सशक्तिकरण र समाज सेवामा योगदान पुर्याउँदै अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरेको छ।
ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ।



Comments