सुकुना सामुदायिक विद्यालयका बौद्धिक अपाङ्गता भएका बालबालिकाहरु संग पाँचौँ वार्षिकोत्सव सम्पन्न
- मेचीमाहाकाली बुहारी संयुक्त आवाज
- Sep 5, 2024
- 1 min read
मिति: २०८१,भाद्र १९ गते,
मोरगं - मेचीमहाकाली बुहारी संयुक्त आवाज (MEMBSA) को पाँचौँ वार्षिकोत्सव तथा संस्थापक यमन शर्मा पौडेल (यमु शर्मा) को जन्मोत्सवको अवसरमा सुकुना सामुदायिक विद्यालयका बौद्धिक अपाङ्गता भएका बालबालिकालाई खाद्यान्नसहित विशेष भोजन कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रमले समाजमा सहयोग र समर्पणको भावनालाई उजागर गर्दै सामुदायिक उत्तरदायित्वको महत्त्वलाई पुनः बलियो बनाएको छ।
कार्यक्रमको मा मोरगं कार्यसमिति परिवार,, निवर्तमान संयोजक उमा सेढाई ज्यू, आजीवन सदस्यहरू, र समाजसेवामा समर्पित मानिसहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
सामुदायिक उत्थान र सहयोगको यो अभियानले समाजमा सकारात्मक परिवर्तनको मार्ग प्रशस्त गरेको छ, र आगामी दिनहरूमा पनि यस किसिमका सामाजिक कार्यहरूलाई निरन्तरता दिने संस्थाले प्रतिबद्धता झल्काएको छ। यो सामाजिक कार्यले समुदायमा समर्पण र सहयोगको महत्त्वलाई पुनः बलियो पार्दै सामूहिक उत्तरदायित्वको भावना प्रवर्द्धन गरेको छ भन्दै MEMBSA नेपाल कि मोरंग जिल्ला संयोजक तारा घिमेरे ले संस्थाले आगामी दिनहरूमा पनि यस्ता कार्यलाई निरन्तरता दिँदै समाजमा सकारात्मक परिवर्तन ल्याउन निरन्तर लागि रहने प्रतिबद्धता जाहेर गरेको बताउनु भयको छ ।
ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ ।

Comments