top of page

स्व. प्रेमा कुमारी सार्कीको पुण्य तिथिमा गणेश मगरलाई खाद्यान्न तथा न्यानो कपडा प्रदान

झापा, माघ २४ –

मेची-माहाकाली बुहारी संयुक्त आवाजद्वारा झापा, बिर्तामोड–७ निवासी गणेश मगरलाई खाद्यान्न सामग्री तथा न्यानो कपडा प्रदान गरिएको छ। स्व. प्रेमा कुमारी सार्कीको सातौं दिनको पुण्य तिथिको अवसरमा आयोजित उक्त सहयोग कार्यक्रममार्फत आर्थिक रूपमा कमजोर मगर परिवारलाई राहत प्रदान गरिएको हो।


सुत्केरी अवस्थाका कारण स्व. सार्कीको असामयिक निधन भएको थियो, साथै नवजात शिशु नानीको समेत दुःखद निधन भएको थियो। यस दुखद घटनाले परिवारलाई गहिरो पीडा मात्र होइन, आर्थिक कठिनाइ पनि थपिएको छ। यस्तो अवस्थामा, समाजका असहाय तथा विपन्न वर्गका नागरिकलाई सहयोग गर्ने उद्देश्यले मेची-माहाकाली बुहारी संयुक्त आवाजले राहत प्रदान गरेको हो।


सहयोग हस्तान्तरण कार्यक्रममा सामुदायिक वनका अध्यक्ष श्री बद्री प्याकुरेल, केन्द्रीय अध्यक्ष श्रीमती चन्द्रकला काफ्ले, झापा जिल्ला टिमका सदस्यहरू तथा विभिन्न समाजसेवीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा संस्थाका पदाधिकारीहरूले शोकाकुल परिवारलाई समवेदना प्रकट गर्दै आगामी दिनमा समेत सहयोगको हात बढाउने प्रतिबद्धता व्यक्त गरे।


सामाजिक उत्तरदायित्वको भावनाबाट प्रेरित हुँदै, मेची-माहाकाली बुहारी संयुक्त आवाजले विपद्, विपन्नता तथा अन्य संकटमा परेका नागरिकलाई निरन्तर सहयोग गर्दै आइरहेको छ। संस्थाले आगामी दिनहरूमा पनि यस्ता समाजसेवी कार्यलाई निरन्तरता दिने जनाएको छ। संस्थाले सबैलाई सामाजिक सहकार्यको भावनालाई आत्मसात् गर्दै विपन्न तथा संकटग्रस्त नागरिकलाई सहयोग गर्न अपिलसमेत गरेको छ।


ग्रामिण भेग का महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भयको यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलियको छ।अबसर बाट टाढा रहेका परपरागत पारिवारिक संरचना का कारण घर भित्रको जिम्मेबारी मा मात्र सिमित रहनु पर्ने अवस्थाका बुहारी हरुलाई अत्मबिश्वाश जगाई देश लाई सम्रिद्दी तर्फ लाने बाटोमा उनीहरुको पनि भूमिका हुन सक्छ भन्ने संदेश दिनको निम्ति उनीहरुलाई एककृत गराई देश का विभिन्न ठाउँ मा बिशेष परिस्थितिमा सेवामुलक कार्य हरु गर्दै आयको यो संस्था छोटो समयमै मानिस हरुको मन मुटुमा बस्न सफल भयको छ।





 
 
 

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page